स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष टिक्नै ग्राहो, डा. गुणराज लोहनीले पनि दिए राजिनामा

२८ भाद्र २०८१, शुक्रबार १९:०२

काठमाडौं। स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले राजिनामा दिएका छन् । बोर्डलाई अध्यक्ष टिक्न नसक्ने संस्था भनेर चिनिन थालिसकेका छन् ।

यसभन्दा अघि बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पनि काम गर्न असहज भएको भन्दै राजिनमा दिएपछि डा. गुणराज लोहनीले बोर्डको नेत्तृव सम्हालेको थियो ।

उनले पनि काम गर्न असहज भएको कारणले पूरा कार्यकाल नसकि राजिनामा दिएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सचिवालयमा राजीनामा पत्र बुझाएका छन् ।

बीमा बोर्डको जिम्मेवारी समाल्दै गर्दा काम गर्न नसके राजीनामा दिन्छु भनेको थिए । सो अनुसार नै काम गर्न सक्ने अवस्था नदेखिएपछि राजीनामा दिएको उनले बताएका छन् ।

१३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ‘आफ्नो कार्यकालमा बीमालाई सफल बढाउने सोच राखेको थिए ।

तर काम गर्ने सहज वातावरण पनि हुन सकेन,’ डा. लोहनीले भने, ‘सरकारले बीमाको कार्यक्रमलाई प्राथमिकतामा राख्न सकेन ।’

स्वास्थ्य बीमा बोर्डले अस्पतालको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो ।तर अर्थ तथा स्वास्थ्य मन्त्रालय सकारात्मक नभएपछि राजीनामा बाटो अपनाएको बुझिएको छ ।

यसभन्दा अघि बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले राजनैतिक कारण देखाउँदै २०७९ माघ २५ मा राजीनामा दिएका थिए । सरकारले स्वास्थ्य बीमा प्रभावकारी बनाउन चासो नदिएको उनको आरोप थियो ।

सहज र गुणस्तरीय सेवा दिन नसक्दा पाँच वर्षभित्र तीन करोड नागरिकलाई समेट्ने महत्वाकांक्षी लक्ष्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता माथि नै प्रश्न उब्जिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*