अब टीएमएस अदालतहरूमा पनि नचल्ने

२८ भाद्र २०८१, शुक्रबार १८:४६

काठमाडौं । देशैभरिका अदालतहरूमा पनि अनलाइन सेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ ।

यसअघि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरिका सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

संघ, प्रदेश र स्थानीय तह मातहतका सबै सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न सरकारले निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतले पनि शुक्रबार एक सूचना जारी गर्दै उच्च अदालत र उच्च अदालतका इजलास, जिल्ला अदालत र निकायहरूमा सेयर कारोबार गर्न टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ भदौमा सरकारी कार्यालयमा टीएमएस नचलाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको थियो ।

२३ भदौमा सरकारले सबै सरकारी तथा सार्वजनिक निकायमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

सरकारको सोही सूचनाको आधारमा अदालतमा समेत टीएमएस नचल्ने व्यवस्था गर्न सर्वोच्च अदालतले निर्देशन दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*