बीमा प्राधिकरणका कर्मचारीहरु उत्साहित भएर सहभागी भए जीवन विज्ञानको वर्क लाइफ ब्यालेन्स कार्यक्रममा (फोटो फिचर)

२८ भाद्र २०८१, शुक्रबार १७:३६

काठमाडौैं । नेपाल बीमा प्राधिकरणको कर्मचारी युनियन र कर्मचारी संगठनको आयोजनामा जीवन विज्ञानको वर्क लाइफ ब्यालेन्स कार्यक्रम सम्पन्न भएको छ।

बीमा प्राधिकरणको कर्मचारीहरु उत्साहित भएर जीवन विज्ञानको वर्क लाइफ ब्यालेन्स कार्यक्रममा सहभागी भएका थिए ।

शुक्रबार ललितपुरको कुपण्डोलस्थित कुपण्डोल ब्यौङ्केटमा सो कार्यक्रममा गरिएको हो ।

सो अवसरमा जीवन विकासका संस्थापक एवं विशेषज्ञ एलपि भानु शर्माले जीवनोपयोगी विभिन्न प्रवचन दिएका छन् ।

कार्यक्रम जीवन विज्ञान प्रतिष्ठानले प्रत्येक व्यक्ति भित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्ति र समृद्धिले भरिएर आनन्द दिलाउने उद्देश्य सहित आफ्नो नियमित गतिविधिमा लागू गर्न सन्देश दिँदै आध्यात्मिक जागरण कार्यक्रम सम्पन्न गरेको हो।

आफूभित्रको जागरणले देश, परिवार, समाज, मानवता र विश्वका लागि फाइदा हुने जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्मा बताउनुहुन्छ ।

दैनिक ध्यानले जीवनमा पूर्णता आउने उनको दाबी छ । ‘बिना जागरण जीवनमा पूर्णता आउँदैन, मानिसको खुसीको स्रोत पनि आफै हो,’ उनले भने ‘जसले गर्दा जीवन विज्ञानले वैज्ञानिक आध्यात्मिक प्रयोग गरेर व्यक्तिमा परिवर्तन गर्छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*