कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?

२८ भाद्र २०८१, शुक्रबार १७:०२

काठमाडौँ। कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेको हो ।

कम्पनीको को शुक्रवार (भदौ २८ गते) बसेको संचालक समिति बैठकले हाल कायम रहेको चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) गरि १२ प्रतिशत लाभाशं दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको आगामी वार्षिक साधारण सभावाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*