पठाओसहित राइड सेयरिङ रोक्न ट्याक्सी चालकहरुको प्रदर्शन

२८ भाद्र २०८१, शुक्रबार १५:५५

काठमाडौँ । काठमाडौं उपत्यकामा सञ्चालित भाडाका ट्याक्सी चालकहरू आन्दोलित भएका छन् । पठाओसहितका राइड सेयरिङका कारण आफूहरूको रोजीरोटी खोसिने अवस्थामा आएको भन्दै ट्याक्सी चालकहरू आन्दोलित भएका हुन् ।

पठाओ र रायड शेयरीङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउनेलगायत मागसहित ट्याक्सी चालकहरूले शुक्रबार काठमाडौंको कोटेश्वर–जडीबुटी क्षेत्रको सडक आवागमन ठप्प पारेका हुन् ।

व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा उनीहरूले जडीबुटीमा बीचसडकमै ट्याक्सी राखेर सडक अवरोध गरे । केही समय सडक बन्द भएपछि प्रहरीले ट्याक्सी हटाएर आवागमन सुचारू गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*