एनआईसीको ‘मोबैंकिङ’ बाटै काठमाडौँ महानगरको भवन निर्माण शुल्क तिर्न सकिने, यस्तो छ प्रक्रिया

२८ भाद्र २०८१, शुक्रबार १२:२४

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि काठमाडौँ महानगरपालिकाको भवन निर्माण इजाजत शुल्क सजिलै भुक्तानी गर्न सकिने नयाँ सेवा उपलब्ध गराएको छ । अब ग्राहकहरूले आफ्नो मोबाइलबाट नै बैंकको मोबैंकिङ्ग सेवा ‘मोबैंक’ प्रयोग गरेर काठमाडौँ महानगरपालिकाको भवन निर्माण इजाजत शुल्क भुक्तानी गर्न सक्नेछन्। ।

महानगरपालिकाको भवन निर्माण इजाजत शुल्क तिर्ने प्रक्रिया पहिलेभन्दा झन् सहज र सरल बनाउन बैंकले यो सेवा सुरु गरेको हो । यसले महानगरपालिकामा भवन निर्माणको इजाजत पाउने प्रक्रियालाई झन् प्रभावकारी बनाउन मद्दत पु¥याउने अपेक्षा गरिएको छ । ग्राहकहरूले मोबाइल बैंकिङ्ग एपमार्फत सहजै भुक्तानी गर्न सक्नेछन्, जसले गर्दा समय बचत हुने र झन्झटिलो प्रक्रियाबाट मुक्त रहन सकिनेछ ।

मोबैंकमार्फत भवन निर्माण इजाजत शुल्क कसरी भुक्तानी गर्ने ?

एनआईसी एशिया बैंकको ग्राहकहरूले मोबैंकमार्फत भवन निर्माण इजाजत शुल्क भुक्तानी गर्न निम्नलिखित सरल प्रक्रिया अवलम्बन गर्नुपर्नेछ ।

मोबैंक एपमा लगइन गर्नुहोस्: सबैभन्दा पहिला मोबैंक एपमा आफ्नो युजरनेम र पासवर्डद्वारा लगइन गर्नुहोस् ।

मोबैंक हब पेमेन्ट अन्तर्गत ‘केएमसि’ मा क्लिक गर्नुहोस्: एपमा लगइन गरेपछि ’मोबैंक हब पेमेन्ट’ सेसनमा जानुहोस् र त्यहाँ ‘केएमसी’ मा क्लिक गर्नुहोस् ।

भवन निर्माण इजाजत भुक्तानीमा क्लिक गर्नुहोस्: केएमसीमा क्लिक गरेपछि ‘भवन निर्माण इजाजत भुक्तानी’ विकल्पमा जानुहोस् ।

आवेदन नम्बर प्रविष्ट गर्नुहोस् र भुक्तानी गर्नुहोस्: आवेदन नम्बर प्रविष्ट गरेर ’सबमिट’ बटनमा क्लिक गर्नुहोस् । यसपछि, सम्बन्धित शुल्क स्वतः देखिनेछ, जसलाई तपाईं आफ्नो खाताबाट भुक्तानी गर्न सक्नुहुन्छ ।

नवीन सेवाले ल्याउने फाइदाहरू

बैंकको यो नयाँ सेवाले ग्राहकहरूको लागि भवन निर्माणको इजाजत शुल्क भुक्तानी प्रक्रियालाई निकै सहज बनाउनेछ । अब ग्राहकहरूले बैंकको शाखामा जाने आवश्यकता बिना नै आफ्नो मोबाइलबाट नै कुनै पनि समयमा, कही पनि भुक्तानी गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई समयको बचत मात्र गर्दैन, साथै कतारमा बस्नुपर्ने झन्झटबाट पनि मुक्ति गरेको छ ।

बैंकले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै निरन्तर रूपमा डिजिटल बैंकिङ्ग सेवाहरूमा नवीनता ल्याउने काम गर्दै आएको छ । बैंकले विभिन्न डिजिटल सेवाहरूमार्फत आफ्नो ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न सजिलो, सुरक्षित, र छिटो सेवा प्रदान गर्दै आएको छ । यसैक्रममा, काठमाडौँ महानगरपालिकाको भवन निर्माण इजाजत शुल्क भुक्तानीको सुविधा थप्नु बैंकको डिजिटल सेवा प्रवर्द्धनमा अर्को महत्वपूर्ण कदम हो ।

नेपालको बैंकिङ्ग क्षेत्रमा अग्रणी रहेको एनआईसी एशिया बैंकले ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ नारालाई आत्मसात गर्दै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्नो डिजिटल सेवामा निरन्तर सुधार गर्दै ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आधुनिक प्रविधि र सेवा प्रक्रियाहरूमा लगानी गर्दै आएको छ ।

यो नयाँ सेवा ग्राहकहरूलाई समय र पैसाको बचत गर्दै स्मार्ट बैंकिङ्गतर्फको यात्रामा थप एक कदम अघि बढ्न प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*