हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश घोषणा, बोनस र नगद कति ?

२८ भाद्र २०८१, शुक्रबार ११:१२

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस वितरण गरेको हो ।

कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका बोनस र बोनस शेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

आगामी वार्षिक साधारण सभाले पारित परेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*