प्रतिकित्ता २०३ रुपैयाँमा प्रभु महालक्ष्मी लाइफको करीब २२ लाख कित्ता शेयर बिक्रीमा

२८ भाद्र २०८१, शुक्रबार ०८:३६

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २१ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । ३५ दिनभित्र संस्थापकहरूले नकिनेको खण्डमा भने सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

शेयर किन्न आवेदन दिँदा घटीमा २ लाख कित्ता शेयरकका लागि आवेदन दिनु पर्नेछ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकिएकाले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनु पर्नेछ ।

इच्छुक संस्थापकले काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*