प्रतिकित्ता २०८ रुपैयाँमा सूर्यज्योति लाइफको ८ लाख कित्ता शेयर बिक्रीमा

२८ भाद्र २०८१, शुक्रबार ०७:३६

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ८ लाख १ हजार ४७६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०८ रुपैयाँ तोकिएको छ । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । ३५ दिनभित्र संस्थापकहरूले नकिनेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित काठमाडौंको थापाथलीस्थित शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*