एनआईसी एशिया सेलेक्ट-३० को इकाई मूल्य समायोजन
२८ भाद्र २०८१, शुक्रबार ०७:२८
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया सेलेक्ट-३० को इकार्य मूल्य समायोजन भएको छ ।
प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुक क्लोज गरेसँगै नेप्सेले इकाई मूल्य समायोज गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले बिहीबार फण्डको १४ प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोज पश्चात फण्डको इकाई मूल्य ९ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
नेप्सेले बिहीबार कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको इकाई मूल्य समायोजन गरेको हो । बिहीबार फण्डको प्रति इकाई ११ रुपैयाँ २५ पैसामा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा फण्डको शेयर कारोबार खुल्नेछ ।