अमेरिकी डलरको भाउ घट्यो, कति त आज विनिमयदर?

२८ भाद्र २०८१, शुक्रबार ०६:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (भदौ २८) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जस अनुसार अमेरिकी डलरको भाउ २ पैसाले घटेर बिक्रीमूल्य १३४ रुपैयाँ ६५ पैसा र खरीदमूल्य १३४ रुपैयाँ ५ पैसा कायम भएको हो ।

यस दिन साउदी अरेबियन रियाल एकको खरीदभाउ ३५ रुपैयाँ ७२ पैसा छ भने बिक्रीभाउ ३५ रुपैयाँ ८८ पैसा छ । अष्ट्रेलियन एक डलरको खरीदका लागि ८९ रुपैयाँ ५७ पैसा र बिक्रीका लागि ८९ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

त्यस्तै कतारी रियाल एकको खरीददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा छ भने मलेसियन रिंगिट एकको खरीददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*