टिभिएस रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटरको फ्युल इन्जेक्सन भेरियन्ट नेपालमा
काठमाडौँ। विश्वप्रसिद्ध टू–ह्विलर र थ्री–ह्विलर निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा आफ्नो २०२४ टिभिएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन (एफआइ) सार्वजनिक गरेको छ। बिहीबार आयोजित एक विशेष कार्यक्रममा टिभिएसले आफ्ना नयाँ फ्युल इन्जेक्सन भेरियन्टहरू प्रस्तुत गरेको हो ।
कार्यक्रममा टिभिएस मोटर कम्पनीका उपाध्यक्ष राहुल नायकले मिलेनियल र डिजिटलाइजेसनमा निर्भर जेन जी ग्राहकहरूका लागि नयाँ शैली र सुविधासहितका स्कुटर र मोटरसाइकलको विकास गरिएको बताए। उनले नेपाललाई मूल्यवान व्यापार केन्द्र मान्दै नयाँ भेरियन्टहरूको अनौठो डिजाइन, प्रदर्शन र प्रविधिले टिभिएसको नवीनता प्रति प्रतिबद्धता दर्शाउने बताए।
जगदम्बा मोटर्स प्रा। लि। का कार्यकारी निर्देशक अखिल गुप्ताले टिभिएस मोटरको उत्पादनले सधैं नेपाली ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गरेको भन्दै, ब्रान्डसँग साझेदारी गर्न पाउँदा खुशी व्यक्त गरे। उनले विश्वास व्यक्त गर्दै भने, “नयाँ भेरियन्टहरूले हाम्रो ग्राहकहरूको अपेक्षा पूरा गर्नेछन् र यसले नेपालमा टिभिएसको बजार पकडलाई अझ मजबुत बनाउनेछ।”