सबै क्षेत्रमा एउटै बीमादर लागू नगर्न र बीमा कम्पनीलाई पारदर्शी बनाउन प्राधिकरणलाई उद्योगीहरुको गुनासो

२७ भाद्र २०८१, बिहीबार १६:३४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूले राखेका बीमादर लगायतका समस्याहरूको समाधानका लागि थप अध्ययन आवश्यक भएकाले थप अध्ययन गरी समाधान निकालिने बताएका छन् ।

अध्यक्ष सिलवालले फ्रड क्लेमको समस्या निकै देखिएकाले त्यसको समाधानका लागि निरन्तर कार्य भइरहेको जानकारी दिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले उद्योगहरूको उद्देश्य र रणनीति फरक फरक हुने भएकाले सबैका लागि एउटै बीमादर हुन नहुने र बीमा कम्पनीहरू पारदर्शी हनुपर्ने विचार व्यक्त गरे ।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतमले बीमा दाबी भुक्तानीमा ढिलाई हने गरेको र कोरोना बीमाको बाँकी दावी भुक्तानी नहुँदा बीमाप्रतिको विश्वास घटेको धारणा राख ।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले मोटरबीमा निर्देशिका परिमार्जनको क्रममा रहेको र टेडिङ्ग तथा म्यानुफ्याक्चरिङ्गका सम्बन्धमा अध्ययन भइरहेको बताए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरू लगायत उद्योगी व्यवसायीहरू र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले गरेकी थिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*