उच्च ऋण र ब्याज दर अस्थिरताबीच रोयल राइस मिलको रेटिङ पुनःस्थिर
काठमाडौं । केयर रेटिङ्स नेपाल लिमिटेडले रोयल राइस मिल प्राइभेट लिमिटेडका लागि लामो अवधिको बैंक सुविधामा डबल बी माइनस र छोटो अवधिको सुविधामा ए फोर रेटिङलाई पुनःस्थिर राखेको छ ।
बैंक सुविधाहरूको रेटिङ उच्च ऋण बोझको संरचना, कमजोर ऋण सेवा कवरेज सूचक, कार्यशील पूँजीको उच्च आवश्यकता, मौसमी कृषि उत्पादनको मूल्य अस्थिरता, उद्योगको विखण्डित र प्रतिस्पर्धी प्रकृति र ब्याज दर अस्थिरतामा निर्भरता लगायतका कारणले कमजोर बनेको छ ।
आरआरएमपीएलको पूँजी संरचना ऋणको उच्च निर्भरताका कारण भारी बनेको छ । कम्पनीको कुल ऋण अनुपात (गियरिङ) वित्तीय वर्ष २०२३ मा ३.७० गुणा रहेकोमा वित्तीय वर्ष २०२४ मा ३.०३ गुणामा सुधार भएको छ ।
कम्पनीको सञ्चालन चक्र लामो भएकोले कार्यशील पूँजी आवश्यकतामा उच्च निर्भरता रहेको छ । वित्तीय वर्ष २०२४ मा कम्पनीको सञ्चालन चक्र १७० दिन पुगेको छ ।
रोयल राइस मिल प्रा.लि. एक निजी कम्पनी हो जसको स्थापना ८ अगस्ट २०२१ मा भएको थियो । यो कम्पनीले ‘मुस्ताङ’, ‘कायरा’ र ‘नेपाल गोल्ड’ जस्ता विभिन्न ब्राण्डमा चामल उत्पादन गर्दै आएको छ। ।
व्यापार यस्तो छ