ओरियण्टल इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

२७ भाद्र २०८१, बिहीबार १६:२५

काठमाडौँ । ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मार्केटिङ अफिसर पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले हेटौडा, बुटवल र नारायणगढ क्षेत्रका कार्यालयको लागि उक्त पदमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीका अनुसार सो पदमा आवेदन दिनको लागि कम्प्युटर, अनुशासन, प्राविधक ज्ञान तथा भाषा सम्बन्धि राम्रो जानकारी भएको हुनुपर्ने छ । साथै उमेरका हिसावले २० देखि ३० वर्षबिचको हुनुपर्ने छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि इच्छुक नेपाली नागरिकहरुले कम्पनीको आधिकारीक वेबसाईटबाट फर्म डाउनलोड गरी आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*