सरकारी कर्मचारीका लागि गरिमा क्यापिटलको ‘सित्तैमा लगानी व्यवस्थापन सेवा योजना’, न्यूनतम लगानी र कम शुल्कको प्रस्ताव

२७ भाद्र २०८१, बिहीबार १३:४८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरूका लागि ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा (पीएमएस) उपभोग गर्न सकिने योजना ल्याएको छ ।

सरकारले कार्यालय समयमा सरकारी कर्मचारीलाई टीएमएस चलाउन रोक लगाएको छ । यससँगै सरकारी कर्मचारीले अब कसरी शेयर बजारमा लगानी गर्ने? र कसरी शेयर कारोबार गर्ने? भन्ने परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीका लागि क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगत उक्त योजना ल्याएको बताएको छ ।

यस योजनाले सम्पूर्ण सरकारी कर्मचारीहरूको बजारप्रतिको सकारात्मक भावनालाई जीवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफलबाट बञ्चित हुनबाट जोगाउने विश्वास क्यापिटलले लिएको छ ।

यस योजनामा न्यूनतम लगानी रकम ३ लाख रुपैयाँ (नगद वा शेयर वा दुवै) बाट लगानी गर्न सकिने क्यापिटलले जनाएको छ । वार्षिक व्यवस्थापन शुल्कका साथै सेवाबाट बाहिरिँदा समेत कुनै शुल्क नलाग्ने कम्पनीले दाबी गरेको छ ।

क्यापिटल आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशतसम्म कार्य सम्पादन शुल्क लिने गरेकोमा यो योजनामा भने १० प्रतिशत मात्रै शुल्क लिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*