कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सूचीकरण हुन बीमा प्राधिकरणको आह्वान

२७ भाद्र २०८१, बिहीबार १२:३९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सूचीकरण हुन आह्वान गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र बीमा प्राधिकरणको समन्वयमा निर्मित कृषि, पशुपन्छी जडिबुटी बीमाको रियल टाइम सफ्टवेयर मार्फत बीमा गर्ने काम शुरू गर्ने तयारी भइरहको प्राधिकरणले जनाएको छ । यसका लागि कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको सूची तयार गर्न लागिएकाले इजाजतपत्र प्राप्त कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्तालाई प्राधिकरणको वेभसाईटमा गई आफ्नो खाता बनाई सूचीकृत हुन आग्रह गरेको हो ।

साथै सूचीकरण भएका कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताले मात्र कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता भई काम गर्न पाउने प्राधिकरणले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*