एयरपोर्टमा खादा, माला नलगाई आउन आग्रह, विमानस्थलको सौन्दर्यता बिगार्‍योः त्रिभुवन विमानस्थल

२७ भाद्र २०८१, बिहीबार १२:३१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खादा, माला नलगाइ आउन यात्रुहरुलाई आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेश जाने यात्रुहरु खादामाला नलगार्इ आउन आग्रह गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार सुरक्षा जाँचको क्रममा यस्ता खादा मालाले विमानस्थलको सुरक्षा उपकरणहरु ९एक्स–रेहरु०, कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अडकीइ उपकरणहरुलाइ गम्भीर क्षति पुर्याई रहेका छन् ।

यसैगरी यात्रुहरुले खादा तथा मालाहरु विमानस्थलका विभिन्न क्षेत्रहरुमा छाडी जाने समेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको विमानस्थलको भनाइ छ ।

केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश उड्न लागेका एक यात्रुमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि यो सूचना जारी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*