सेवाग्राहीले ऋण चुक्ता नगरेपछि घरजग्गा लिलामी गर्दै नेपाल बैंक
२७ भाद्र २०८१, बिहीबार १२:२१
काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरूको घरजग्गा लिलाम गर्ने भएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण चुक्ता नभए धितो सुरक्षणमा रहेको सम्पत्ति लिलाम गर्ने जानकारी दिएको हो ।
कम्पनीले ऋणीहरूलाई कर्जा चुक्ता गर्न असोज २९ गतेसम्मको अवधि दिएको छ । सो अवधि नाघेमा बैंक लिलाम प्रक्रियामा जाने बताएको छ ।
बैंकले बर्दिया, बाजुरा, कैलाली, दोलखा, सिराहा, धनुषा र झापा जिल्लाका विभिन्न स्थानमा रहेको घरजग्गा लिलाम बिक्री गर्ने जनाएको छ ।
बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरू जेजस्तो अवस्थामा छ सोही अवस्था र परिणाममा खरीद गर्न चाहनेलाई असोज ३० गते बिहान ११ बजे बोलपत्र पेश गर्न आह्वान गरेको छ ।