११८ जना ऋणीलाई कर्जा चुक्ता गर्न निर्धन उत्थान लघुवित्तको आग्रह
२७ भाद्र २०८१, बिहीबार ११:४९
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ११८ जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेकोे छ ।
ऋणीहरूले धितो राखि वा बिना धितो ऋण लिएको र पटकपटक कर्जा चुक्ता गर्न आग्रह गर्दा पनि बेवास्ता गरेपछि ३५ दिनभित्र कर्जा चुक्ता गर्न सूचना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
तोकिएको म्यादभित्र कर्जा चुक्ता नगरेको खण्डमा ऋणी तथा जमानीकर्ताहरूको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने र धितोमा रहे नरहेको चल अचल सम्पत्ति लिलाम बिक्री गरी कर्जा असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ ।