२५% लाभांश वितरण र एफपीओ निष्काशन प्रस्तावसहित नेपाल ल्यूब आयलले बोलायो साधारणसभा
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न असोज १८ गते साधारण सभा डाकेको छ। सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान साढे ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले एफपीओ निष्काशन पश्चात प्राप्त पूँजीको उपयोग, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। सोका आधारमा असोज २ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।