अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको विनिमयदर कति?
२७ भाद्र २०८१, बिहीबार ०६:४२
काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ २७) पनि एक अमेरिकी डलरको बिक्रीमूल्य १३४ रुपैयाँ ६७ पैसा र खरीदमूल्य १३४ रुपैयाँ ७ पैसा कायमै रहेको छ ।
आज एक युरोको बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ १८ पैसा रहेको छ । बेलायती पाउन्ड एकको बिक्रीदर १७६ रुपैयाँ ३० पैसा खरिद दर १७५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
यस दिन अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ३९ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ७९ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिदभाउ ९८ रुपैयाँ ७३ पैसा र बिक्रीभाउ ९९ रुपैयाँ १७ पैसा छ ।