साउनमै जीवन बीमा कम्पनीका १० हजार बीमितले गरे साढे १ अर्बको बीमा पोलिसी सरेण्डर, कुनको कति ?

२६ भाद्र २०८१, बुधबार १८:३६

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिनामै जीवन बीमा कम्पनीहरुबाट एक अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा पोलिसि सरेन्डर (बीमालेख समर्पण) भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १० हजार २९२ वटा पोलिसीवापत एक अर्ब ५४ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो ।

एलआईसी नेपालमा सबैभन्दा धेरै पोलिसि सरेन्डर भएको छ । साउनमा कम्पनीको ५१ करोड ३४ लाख ३७ हजार रुपैयाँ  बराबरको दुई हजार ७१५ वटा पोलिसि सरेन्डर भएको छ ।

दोस्रो स्थानमा भने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको ४८ करोड ४१ लाख ३१ हजार रुपैयाँ दुई हजार ७३१ वटा पोलिसी सरेन्डर भएको छ ।

Source: Nepal Beema Pradikaran

तेस्रामो एशियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको १३ करोड ५५ लाख ५३ हजार रुपैयाँ बराबरको ९७९ वटा पोलिसि सरेन्डर भएको छ ।

सरकारी स्वामित्वमा राष्ट्रिय जीवन बीमा कम्पनीमा सात करोड ८७ लाख ८९ हजार रुपैयाँ को ७६७, हिमालयन लाइफमा सात करोड सात लाख ६७ हजार रुपैयाँको ८४७ बीमा पोलिसि सरेण्डर भएको छ ।

त्यस्तै, नेशनल लाइफमा छ करोड ३८ लाख आठ हजार रुपैयाँको ३५४, सूर्यज्योति लाइफमा पाँच करोड ८५ लाख ६८ हजार रुपैयाँ को ५५२, मेट लाइफमा चार करोड ४९ लाख ३५ हजार रुपैयाँको ४१९ र सानिमा रिलायन्समा दुई करोड ६६ लाख ३९ हजार रुपैयाँ को १७८ वटा, आईएमई लाइफमा दुई करोड ८८ हजार रुपैयाँको २०१, सिटिजन्स लाइफमा एक करोड ५९ लाख ४९ हजार रुपैयाँको १९०, रिलायवल नेपालमा एक करोड २१ लाख ५५ हजार रुपैयाँको २०४, प्रभु महालक्ष्मीमा एक करोड पाँच लाख ८९ हजार रुपैयाँको ८६ र सन नेपालमा ५७ लाख आठ हजार रुपैयाँको ६९ वटा पोलिसि सरेन्डर भएको छ ।

समीक्षा महिनामा १४ ठूला बीमा कम्पनीले १८ अर्ब ५३ करोड ७९ लाख बीमाशुल्क संकलन गरेका छन् । साउन महिनामा सरेन्डर भएको बीमा रकम त्यसको ८.३१ प्रतिशत हो ।

साउन महिनामा नवीकरण बीमाशुल्क ९.०९ प्रतिशतले घटेको छ । गत आवको साउनमा १७ अर्ब ३० करोड ८९ लाख रुपैयाँ  नविकरण बीमाशुल्क उठेको थियो । चालु आवको साउनमा भने १५ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ यस्तो बीमाशुल्क संकलन भएको छ । यसरी सरेन्डर रकम बढ्दा पनि नविकरण बीमाशुल्क घटेको देखिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*