राष्ट्रिय बीमा कम्पनीका पदाधिकारी र संचालकहरुले अर्थमन्त्रीलाई भेटेर गराए कम्पनीबारे अवगत
२६ भाद्र २०८१, बुधबार १८:२३
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन्।
कम्पनीकोतर्फ डेपुटी सिईओ सुवास कोईराला, चिर्फ म्यानेन्जर एवं कम्पनी सचिव श्रृजना पन्त र कम्पनीका संचालकहरुले अर्थमन्त्रीलाई भेटवार्ता गरेका छन् ।
अर्थमन्त्री पौडेललाई कम्पनीको बारेमा जानकारी गराइएको थियो । कम्पनीको पूरानो वित्तिय विवरण र हाल कम्पनीको विषयमा अर्थमन्त्रीलाई कम्पनीले अवगत गराएका थिए ।