मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै कार्यक्रम भव्यताका साथ सम्पन्न

२६ भाद्र २०८१, बुधबार १५:३७

काठमाडौँ । मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै कार्यक्रम सम्पन्न भएको छ । विविधतामा एकताको जीवन्त उत्सवमा, मेटलाइफ नेपालले मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट र बंगलादेश, मलेशिया नेपाल र भियतनामका प्रमुख, एलेना बुटारोभासँग संयुक्त रूपमा, देशभरका बिभिन्न ठाउँबाट शीर्ष प्रदर्शन गर्ने आफ्नो अभिकर्ता टोलीको अघिल्लो वर्षको सफलता र समर्पित सेवालाई प्रशंसा गर्न आयोजना गरेको हो ।

नेपालको हरेक कुनाबाट मेटलाइफका अभिकर्ताहरू आफ्नो परम्परागत राष्ट्रिय पोशाकमा आइपुगेका थिए, जसले समावेशीताप्रति कम्पनीको प्रतिबद्धता र कसरी जीवनका सबै भौगोलिक क्षेत्रका मानिसहरूले नेपाली परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने एउटै साझा उद्देश्य पूरा गर्न एकसाथ काम गर्छन् भन्ने कुराको रंगीन प्रतिनिधित्व गरेका थिए ।

मिस एलेना बुटारोवा र मेटलाइफ नेपालका जेनेरल मेनेजर निर्मल काजी श्रेष्ठ र वरिष्ठ व्यवस्थापन टोलीले २०२३ मा शीर्ष–कार्यकारी गर्ने एजेन्सी मेनेजरहरु, युनिट मेनेजरहरु, र फिल्ड रेप्रेसेन्तेटिवहरुको कडा परिश्रम र समर्पणलाई सम्मान गर्न मञ्चमा पुगेका थिए । यी बीमा अभिकर्ताहरु वर्षभरि उत्कृष्ट बिक्री कार्यसम्पादन, उल्लेखनीय सेवा र व्यावसायिकताप्रति प्रतिबद्धताका लागि सम्मानित भएका थिए ।

यी व्यक्तिहरूले बिभिन्न नेपाली नागरिकहरूको जीवनमा पारेको परिवर्तनकारी प्रभावलाई मान्यता दिँदै उक्त कार्यक्रमले गौरव र उपलब्धिको गहिरो अनुभूति गरायो । यस कार्यक्रमले वित्तीय सुरक्षाले कुनै सिमा जाँदैन भन्ने नाराका साथ नेपालका सबै कुनाका मानिसहरूलाई एकसाथ ल्याई सबैका लागि अझ बढी विश्वस्त र सुरक्षित भविष्य निर्माण गर्ने प्रेरणा दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*