दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने

२६ भाद्र २०८१, बुधबार १४:१७

काठमाडौँ । नेपालीहरुको महान चाड दशैँको लागि नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट सटही सुविधा खुला गर्ने भएको छ ।

दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले यस पटक भने सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो । चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

यस पटक दशैँलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको छ । राष्ट्र बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट दिँदै आएको थियो ।

यस पटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गरिनेछ । राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यसपालिको दशैँमा नयाँ नोट नछापेर सुकिला नोट मात्रै वितरण गर्न लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*