स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा पाँच लाख रुपैयाँ पुराउने तयारी, मन्त्रालयमा राय पेश

२६ भाद्र २०८१, बुधबार १३:५७

काठमाडौं । स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा एक लाखबाट पाँच लाख रुपैयाँ पुराउने तयारी गरीएको छ।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पाँच लाख रुपैयाँ बीमाङ्क रकम पुराउन के गर्न सकिन्छ भन्ने जवाफ पेश गरेको छ। स्वास्थ्य मन्त्रालयले बीमांङ्क रकम बढाउन के गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ दिएको हो ।

स्वास्थ्य बीमामा पाँच लाख रुपैयाँ बीमांङ्की पुराउन रकम बढाउन स्वास्थ्य मन्त्रालयलाई बोर्डले राय दिएको छ। स्वास्थ्य बीमाको रकमको दायरा बढाउन पछिल्लो समय मन्त्रालय र बोर्ड दुबै निकै सक्रिय देखिएको छ। यसलाई यथाशिघ्र लागू गर्न स्वास्थ्य मन्त्रालय र बोर्ड निरन्तर छलफलमा पनि जुटिरहेका छन् । यसको निक्यौल चाँडौ नै आउने स्वास्थ्य मन्त्री प्रदीप पौडेल बताँँउछन् ।

स्वास्थ्य बीमा बोर्डले मन्त्रालयलाई पठाएको रायमा पाँच लाख बीमांक रकम कायम गर्दा बीमितबाट २० हजार रुपैयाँ बीमाशुल्क संकलन गर्नुपर्ने देखिएको छ।

केही समय अघि मात्रै स्वास्थ्य मन्त्रीले स्वास्थ्य बीमाको बीमाङ्की रकम १ लाख रुपैयाँबाट बढाएर पाँच लाख रुपैयाँ पुराउने घोषणा गरेका थिए । उनले सार्वजिनक कार्यक्रममा स्वास्थ्य बीमाको रकम बढाँउदा बीमितको स्वास्थ्य उपचारको दायरा पनि बढाउने सक्ने धारणा राखेका थिए भने आफनो पार्टी कार्यालयमा पनि स्वास्थ्य बीमाको बिषयमा अभिव्यक्ति दिएका थिए ।

स्वास्थ्य मन्त्रीले सो घोषणा गरे लग्त्तै पाँच लाख रुपैयाँ बीमाङ्क रकम पुराउन के गनुपर्छ भन्ने राय बोर्डसँग मागेको थियो । सो जवाफमा बोर्डले उक्त जवाफ मन्त्रालयलाई दिएको हो ।

बोर्डका कार्यकारी निर्देशन डा. दामोदर बसौलाले एक्चुरियल भ्यालुएसन मार्फत भ्यालुएसन गराएर हामीले मन्त्रालयमा पठाएका छौं, मन्त्रालयले अब के निर्णय गर्छ त्यो भने हेर्न नै बाँकि छ, उनले भने ।
पछिल्लो समय स्वास्थ्य सेवा आएको महंगीका कारणले नागरिकले पाउने सुविधा कम हुँदै जाँदा त्यसलाई परिमार्जन गर्नुपर्ने अवस्था आएको डा. दामोदर बसौला बताउँछन् ।

‘कस्ता–कस्ता खालका प्याकेज ल्याउँदा सहज हुन्छ भनेर हामीले सुझाव पनि मागेका थियो, सो प्रतिकृया, एक्चुरी भ्यालुएनको मापदण्ड अनुसार हामीले बोर्डमा सुझाव पठाएका हौं ,’ डा. बसौलाले भने ।

पछिल्लो समय मुटु, क्यान्सर, मिर्गौला जस्ता नसर्ने रोगका कारण नागरिकले उपचारको क्रममा घरखेत नै बेच्नुपर्ने अवस्था छ । डा. बसौलाका अनुसार नागरिकलाई उपचारमा बढि भार परेको रोगलाई लक्षित प्याकेज राखेर पनि दायारा बढाउने योजना छ ।

‘धेरै आवश्यक भएका रोगमा बीमाको दायरा बढ्छ । जस्तै, मुटु, क्यान्सर लगायतमा छुट्टै प्रिमियम राख्ने कि ? एक लाखको दायरा पाँच लाख पुर्याउने कि ?३५०० बाट प्रिमियमबाट ५ हजार पुर्याउने जस्ता विषयमा होमवर्क गरिरहेका छौं । बीमा बोर्डले अहिलेको अवस्थामा बढाउन सक्ने जति दायरा विस्तार गर्छ,’ डा. बसौलले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*