बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

२६ भाद्र २०८१, बुधबार १२:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रिय बैंकले बुधबार एक प्रकाशित सूचना अनुसार बोलकबोल उपकरणमार्फत २१ दिनको लागि ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

बैंकले सो कार्यको लागि बैंक तथा वित्तीय संस्थाले बुधबार अर्थात आज अपराह्न ३ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ । यस अघि बोलकबोलमार्फत खिचेको १ खर्ब २१ अर्ब रुपैयाँ परिपक्क हुन बाँकी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*