सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतीमा हुदैछ आजको कारोबार ?

२६ भाद्र २०८१, बुधबार ११:३०

काठमाडौँ । बुधबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुन तोलामा १ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन एक तोला छापावाल सुनको मूल्य १ लाख ५३ हजार ४०० रुपैयाँ रहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यस अघि गत भदौ २१ गते, सुनको मूल्यले रेकर्ड बनाएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो। मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ। मंगलबार एक तोलाको १ हजार ८६५ रुपैयाँमा कारोबार चाँदी, यस दिन १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*