नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल फ्लेक्सी क्यापको लाभांश घोषणा

२६ भाद्र २०८१, बुधबार ०९:०३

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ र नबिल फ्लेक्सी क्याप फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।

क्यापिटलको मंगलबार बसेको सञ्चालक समितिले नबिल ब्यालेन्स्ड फन्ड–२ ले कर सहित ८ प्रतिशत र नबिल फ्लेक्सी क्याप फन्डले कर सहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा गरेका हुन्् ।

दुवै फन्डले लाभांश प्रयोजनार्थ आज (भदौ २६) बुक क्लोज गर्ने जनाएका छन् । सोका आधारमा मंगलबार (भदौ २५) सम्म कायम इकाईधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*