हिमाल दोलखा हाईड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल
२६ भाद्र २०८१, बुधबार ०७:५०
काठमाण्डौ। हिमाल दोलखा हाईड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
दुवै संस्थाले भदौ २६ गतेदेखि लागू हुनेगरी शेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरू सिद्धार्थ क्यापिटलले गर्नेछ ।