हिमालय ऊर्जाको हकप्रद बाँडफाँड, अवितरित शेयर लिलामीमा आउने

२६ भाद्र २०८१, बुधबार ०७:१७

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयर मंगलबार (भदौ २५) बाँडफाँड गरेको छ । कम्पनीले साउन २४ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले ९९ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ८४ लाख ५३ हजार ६४१ कित्ता मात्रै बिक्री भएको छ ।

हकप्रद शेयरबाट बिक्री हुन नसकेको १४ लाख ४६ हजा ३५९ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याउने कम्पनीले जनाएको छ ।

साथै शेयर बाडँफाँडमा नपरेकाहरूको रकम भदौ २८ गतेदेखि फिर्ता गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*