हालसम्म तीन दर्जन कम्पनीको लाभांश घोषणा, कुनले कति दिदैछन् ? (सूचीसहित)

बैंक, म्युचुअल फण्ड र लघुवित्तदेखि हाइड्रोपावरसम्मले दिने भए दशैं बोनश
२५ भाद्र २०८१, मंगलवार १५:४६

काठमाडौँ । लाभांश सिजन सूरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका करिव तीन दर्जन कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन् ।

लाभांश घोषणा गरेका अधिकांश कम्पनीहरुले वार्षिक साधारण सभा र बुकक्लोजको मिति समेत तय गरिसकेका छन् । कम्पनीहरुले घोषणा गरेको लाभांश सम्बन्धित कम्पनीका लगानीकर्ताहरुले दशै अगावै प्राप्त गर्ने भएका छन् ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी लाभांश क्षमता भएको एभरेष्ट बैंकले १५ दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा बैंकले लगानीकर्ताहरुलाई १० प्रतिशत बोनश र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

चार हाइड्रोपावरः

नेप्सेमा सूचीकृत भएका हाइड्रोपावर कम्पनीहरुमध्ये चार वटाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । अपि पावर कम्पनीले नौ प्रतिशत बोनश र ० दशमलव ४७३७ प्रतिशत नगदसहित ९ दशमलव ४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

त्यस्तै, सुपरमाई हाइड्रोपावरले सात प्रतिशत बोनश र पाँच दशमलव ६३ प्रतिशत नगदसहित कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । साथै, माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सो कार्यको लागि कम्पनीले वार्षिक साधारण सभा समेत आह्वान गरिसकेको छ ।

भगवती हाइड्रोपावरले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई चार प्रतिशत बोनश र १० दशमलव ७३ प्रतिशत नगदसहित १४ दशमलव ७३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीहरुले घोषणा गरेको विवरणको अधारमा तयार गरीएको लाभांश प्रस्ताव

म्युचुअल फण्ड

राष्ट्रिय वाणिज्य बैंकको प्रबर्धन रहेको आरविवि मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड १ का इकाईधनीहरूलाई ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीहरूलाई ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

एनआइएमबि एस क्यापिटलले एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई ६.३५ प्रतिशत, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरूलाई ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड) ले १४ प्रतिशत, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशतका दरले आफ्ना इकाईधनीहरूलाई प्रतिफल वितण गर्ने भएको छ ।

सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरूलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई करसहित १० प्रतिशतका दरले प्रतिफल पाउने भएका छन् ।

कुमारी क्यापिटलले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई कर सहित ९.५० प्रतिशत र कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

लक्ष्मी सनराइज क्यापिटलले सनराइज फस्र्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरूलाई ४.५ प्रतिशत वितरण गर्ने भएको छ । यस्तै, लक्ष्मी उन्नति कोषका इकाईधनीहरूलाई करसहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ का इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

नेप्सेमा सूचीकृत नभएकाहरुः

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत नभएका कम्पनीहरुमध्ये एनआइसी एशिया क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ५२ दशमलव ५३ प्रतिशत नागद लाभांश वितरण गर्ने भएको छ ।

त्यस्तै, मुक्तिनाथ क्यापिटलले ७.५ प्रतिशत, कुमारी क्यापिटलले १५ प्रतिशत, सिटिजन्स क्यापिटलले १५.१५ प्रतिशत, लक्ष्मी सनराईज क्यापिटलको ७.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएका छन् ।

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले १४.७४ प्रतिशत, सिविआईएल सेक्युरिटिजले ५.२६ प्रतिशत र पुर्वाञ्चल ल्यूव आयलले  १०.५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*