बजारमा गिरावट कायमैः गुम्दै लगानीकर्ताको अर्बौ रकम, माफिया प्रवेशका लागि घटाइरहेका हुन् ?

२५ भाद्र २०८१, मंगलवार १५:०४

काठमाडौँ । शेयर बजार लगातार पाँचौ दिन समेत ओरालो लागि रहेको छ । लगानीकर्ताहरूले बजार ३२०० बिन्दुभन्दा माथि पुग्ने आशामा थिए, जसका कारण २८०० र २९०० मा परिसूचक हुँदा शेयर खरिद गरेका थिए । तर पछिल्लो समयमा निरन्तर रुपमा बजार ओरालो लागि रहेकाले नवप्रवेशी लगानीकर्ताहरूको अर्बौं रकम गुमिरहेको छ ।

माफियाहरुले स–साना तथा नवप्रवेशी लगानीकर्तालाई शेयर भिडाएर बाहिरिदा बजार ओरालो लागि रहेको छ । अबको बेला आफु भित्रिन माफियाहरु सोझा लगानीकर्ताको शेयर खोस्न झुम्मिएका छन् । साना लगानीकर्ता पनि आत्तिएर शेयर बिक्री तिर हाबि हुँदा बजार ओरालो लागि रहेको छ ।

समग्रमा हेर्दा शेयर बजारका लागि यतिबेला माहोल भने सकारात्मक रहेको छ । सरकार र नियामक निकायहरु शेयर बजार सुधारप्रति प्रतिबद्ध देखिएका छन् । केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा क्रमशः खुकुलो नीति लिंदै गएको देखिन्छ । बैंकहरुले लगानी बढाउन सक्ने गरी पुनः नीतिहरु परिमार्जन भएका छन् । शेयर बजारको शत्रुको रुपमा लिइने बैंकको ब्याजदर समेत निरन्तर घट्दो क्रममा रहेके छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०९ अकंले घटेर २६३२.९४ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

मंगलबार व्यापार समूहको शेयर मूल्य ०.७९ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको स्थिर रहेको छ । अन्य ११ उपसूचक भने राताम्य रहेको देखिन्छ ।

यसदिन ६७ कम्पनीको शेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ ।

 

One thought on “बजारमा गिरावट कायमैः गुम्दै लगानीकर्ताको अर्बौ रकम, माफिया प्रवेशका लागि घटाइरहेका हुन् ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*