नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहक र परिवारलाई बुद्ध एयरको टिकटमा छूट

२५ भाद्र २०८१, मंगलवार १३:५९

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहक र ग्राहकका परिवारले बुद्ध एयरको टिकटमा छूट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच भएको एक सम्झौता अनुसार बैंकका ग्राहक र ग्राहकका परिवार (बुबा, आमा, श्रीमती, छोराछोरी) ले बुद्ध एयरको टिकट किन्दा ८ प्रतिशत छूट पाउने भएका हुन् ।

सम्झौता अनुसार उक्त छूट सुविधा लिनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको डेबिट, क्रेडिट कार्ड वा बैंकको मोबाईल बैंकिङ मार्फत बुद्ध एयरको टिकट खरीद गर्नु पर्नेछ ।

यस प्रकारको सम्झौताबाट ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकिङ सेवाका अतिरिक्त यस बैंकले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौं विभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी ग्राहकहरूलाई थप सुविधा र छूटको व्यवस्था गर्दै आएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*