कर्णालीवासीका लागि बीमाको शान: अभिकर्ता गौरव शाही

रिना खत्री
२५ भाद्र २०८१, मंगलवार १२:०५

काठमाडौं । मुलुकका ७ प्रदेशमध्ये सबैभन्दा पिछडिएको प्रदेशका रुपमा कर्णाली प्रदेशलाई चिन्ने गरीन्छ । कर्णालीका दूर–दराजसम्म गाउँसम्म समृद्धिको मूल फुट्न बाँकी छ ।गरिबी, अभाव, अशिक्षित र समस्यै–समस्याले भरिएको कर्णालीको गरिबी माँझ जुम्लाका गौरव शाहीले बीमाको बगैचा विस्तार गरेका छन् ।

विभिन्न समस्या र तगारोका बाबजुद निरन्तर बीमाको सचेतना फैलाइरहेका  शाही सूर्यज्योति लाइफका ज्योति हुन् । उनले कर्णालीमा बीमा गराएर सिमसारमा होइन भिरमा कमल फुलाउने प्रयास गरेका छन्।

सुन्दा आश्चर्य लाग्न सक्छ, जुम्लावासीेका लागि अभिकर्ता शाही विश्वास, भरोसा र मर्दा पर्दाका साथी हुन् । जहाँ बीमाको पहुँच विस्तार हुनै बाँकी छ, त्यहाँ गौरवले गौरव बढाइसके ।

कम्पनीको ब्राण्ड हेरेर बीमा गर्ने बीमितहरुको परिभाषा अभिकर्ता गौरव शाहीले परिर्वतन नै गरिदिएका छन् । बीमा अभिकर्ता र बीमितबीचको सामिप्यताको उदाहरण बनेका छन्, गौरव । र, बीमा अभिकर्ताको रुपमा उनलाई पाएर गौरव गर्छन्, जुम्लावासी ।

कर्णालीको जुम्ला र कालिकोटवासीको विश्वास जित्ने उनै हुन् । जुम्लाको विकट हिमा गाँउपालिका–१ बड्कीका गौरव शाही पछिल्लो ८ वर्षयता बीमा अभिकर्ता पेशमा आवद्ध छन् ।

२०४९ सालमा बड्कीमा जन्मिएका शाहीले २०६३/०६४ एसएलसी सकेका उनले नेपालगन्जमा बीबीएस (व्यवस्थापन स्नातक) उत्तीर्ण गरे । कर्णालीमा नियामक निकाय, बीमा कम्पनी र बीमा अभिकर्ताले गर्ने बीमा सचेतना उनकै काँधमा छ । जहाँ बीमाको बुझाई शून्य छ, त्यहाँ नियामक र कम्पनी समेत बनेर उनले बीमा बुझाइरहेका छन् ।

बीमा सचेतना भएको स्थानमा बीमा गराउन हम्मेहम्मे पर्ने अवस्थामा शाही एक्लैले बीमा सचेतक र अभिकर्ताको भूमिका निर्वाह गरेर बीमा गराइरहेका छन् । त्यसैकारण पनि उनी जुम्लावासीको प्रिय अभिकर्ता बनेका छन् ।

बीमा अभिकर्ता भएर जुम्लावासीलाई बीमा सचेतना दिई बीमा गराउनमा तल्लिन शाहीले यो श्रेय पाउनु स्वभाविक पनि हो । जाजरकोटवासीलाई न त बीमा कम्पनीबारे जानकारी छ, न त बीमाको बारेमा ज्ञान नै ।

भौगोलिक विकटता र आर्थिक विपन्नताले गाँजिएको स्थानमा अभिकर्ता शाही आफैं बीमा गराउने मजबुत खम्बा बनेर उभिएका छन् ।

जीवनस्तर सुधार्ने तयारीमा रहेको विकट निकासी जुम्ला र कालिकोटवासीको स्थानीयलाई बीमा बुझाउनु आफैमा चट्टान फोर्ने काम जत्तिकै हो । त्यहि कारण पनि उनी निरन्तर प्रयासमा लागि रहेका छन् । बीमा कसका लागि भन्ने विषयमा बुझाइरहेका छन् ।

बीमा प्राधिकरण र कम्पनीबाट विकट ठाँउमा बीमा सचेतनाको लागि कार्यक्रम राखिदिन अनुरोध गरेपनि आफनो गुनासो गुनासो मै सिमित राख्ने गरेको उनी सुनाउँछन् ।

जाजकोटवासी भएको नाताले आफनो गाँउ आफै बनाउ भन्ने अभियानमा लाग्दै बीमा धनीहरुका लागि भन्दा पनि निम्न आय भएका वर्गलाई झन् जरुरी छ, बरु कम मूल्यकै बीमा सहि भन्ने अभियानमा छन्, शाही ।

उनको यो अभियान अहिले हकिकतमा परिणत भएको छ । शाही अहिले ८० प्रतिशत व्यवासाय जुम्लाबाटै भित्रयाउने गर्छन् ।

न्यूनतम पाँच लाख रुपैयाँदेखि करोडसम्मको बीमा व्यवसाय उनले कर्णालीबाट भित्र्याएका छन् । सुरु–सुरुमा उनका परिवार र साथी भाइहरुले दुर्गममा बीमा गराउन सम्भव नभएको भन्दै उनलाई नभनेका हैनन् । तर, उनले त्यसलाई वेवास्ता गर्दै आफनो कामलाई निरन्तरता दिए । र, आज उनी दुर्गममै स्थापित छन् ।

 

बीमा भनेको कम्पनी र बीमितबीचको करार हो । तर, जाजरकोटमा अवस्था फरक छ । जहाँ बीमा अभिकर्ता र बीमितबीचको करारले धमाधम बीमा गराइरहेका छन्, गौरव शाही ।

हरेक संघर्षका पछाडि सफलता जोडिन्छ र आत्मविश्वास अनि धैर्यताकापछि मानसम्मान पनि लुकेको हुन्छ, भन्ने प्रमाणित गर्दै शाहीले आफ्नो जीवन सार्थक बनाउने ‘मार्ग’ प्रशस्त गरिसकेका छन् ।

कर्णालीवासीको विश्वासको पात्र शाही बीमा अभिकर्ता मात्रै होइनन् । उनले स्थानीय जडिबुटी, स्याउ र ओखरलाई समेत प्रवद्र्धन गर्दै आएका छन् । उनी सांगीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।

२०६२ सालमा तत्कालीन माओवादी विद्रोहले विस्थापित भएर नेपालगन्ज झरेको शाही राजनीतिक परिवेशमा हुर्किएका व्यक्ति हुन् । उनको बुबा, काकाहरु सबै राजनीतिमा सक्रिय थिए र आज पनि छन् । दाजु हाल  हिमा गाँउपालकिाकाको मेयर हुन् ।

जन्मथलो विकट ठाँउमा भए पनि आर्थिक विपन्नताको सामना भने उनले गर्नु परेन । २०५२ सालमा द्वन्द्वपीडितको रुपमा नेपालगन्ज झरेपनि उनको परिवारलाई खासै असर भने परेन ।

झन्डै ८ वर्षअघि जेठान दाई सूर्यज्योति लाइफका सुर्खेत ब्रान्च म्यानेन्जर मोहन माझीले पटक–पटक सुझाव दिएपछि बीमा गरेका उनी अहिले आफैं सोही बीमा कम्पनीमा रमाइरहेका छन्।

जेठान दाइकै आग्रहपछि २०७४ मा उनले आफ्नो बीमा गराएका थिए । त्यसपछि जेठानले फेरि अर्को प्रस्ताव राखे, तपाई आफैं बीमा अभिकर्ता भएर काम गर्नुस् । आफैं बीमा अभिकर्ता बन्दा कमिशन पनि आँउछ भन्ने समेत थाहा दिएर उनलाई जेठानले नै बीमा व्यवसायमा ताने ।

आफ्ना दैनिक काममा व्यस्त हुने गौरवले सुरुमा अभिकर्ता पेशाबाट सफल हुन्छु भन्ठानेका थिएनन् । उनी भन्छन्, ‘नसोचेको कामबाट पनि सफलता पाइन्छ भन्ने उदाहरण मेरो जीवनमा लागू भयो ।’

सुरुमा पार्टटाइम पनि गर्न सकिन्छ भन्ने हेतुले उनले तालिम लिए र अभिकर्ता बने । तर, पहिलो वर्षमै उल्लेख्य प्रगति गरे ।
आफनो दैनिक जीवनमा व्यस्त रहने शाही पार्टटाइम भए पनि गर्न सकिन्छ भनी साविकको ज्योति लाइफमा काम थालेका थिए ।

जतिबेला ज्योति लाइफको भरखरै स्थापना भएको अवस्था थियो । अभिकर्ता बनिसकेपछि छोटो अवधिमा पाएको सफलताले उनलाई यो पेशामा खिच्यो।

‘म जे काम गर्छु त्यहाँ असाध्य मिहिनेत गर्छु,’ उनले भने, ‘त्यसैले अहिलेसम्म पछि फर्केर हेर्नु परेको छैन ।’ सुरुमा बीमा अभिकर्ता बन्दा यस्तो काम किन गर्नु भनेका परिवार र आफन्तहरु आज आश्चर्यचकित छन् ।

सफलताको शुत्र नै यहि रहेछ भन्ने लागेपछि अन्य कामसँगसँगै म यही काममा निरन्तर दिन लागे, शाही भन्छन् । २०७४ सालदेखि सबैभन्दा धेरै प्रिमियम जम्मा गरेर नेपाल प्रथम हुँदै आएका शाहीले सुरुमा आफ्नै बीमा योजना काटेर बीमा योजना सुरु गरेका थिए । उनले दोस्रो बीमा अत्यन्तै मिल्ने साथी विष्णु प्रसाद न्यौपानेको गराए ।

उनको पहिलो बीमा जीवनसँगै मेल खाने खालको थियो । नेपाल सरकारको अधिकृत लेभलको काम गरिरहेका विष्णु प्रसाद न्यौपानेले उनको बीमा प्रस्ताव नकार्न नसकेपछि बीमा गराए । बीमा अभिकर्ता बनेपछि उनले बीमा योजना हस्तान्तरण गरेको पहिलो पटक थियो, त्यो ।

त्यसैवर्ष साविककको ज्योति लाइफले अभिकर्ताहरुका लागि लक्की ड्र ल्याएको थियो । जसमा पाँच लाखभन्दा बढी प्रिमियम संकलन गरेका बीमा अभिकर्तालाई होन्डाको डियो स्कुटर उपहार दिने कुरा थियो ।

शाही भन्छन्, ‘मैले मेरो बीमा ५० लाख रुपैयाँ र साथीको २० लाखको बीमा गरेपछि पाँच लाख प्लस प्रिमियम भएको थियो । सो लक्की ड्रमा मैले स्कुटर पाए । त्यसपछि थप उत्साह जाग्यो।’

आफ्नो बीमा गरेको पैसा र साथीको बीमा गराएवापतको कमीशन, स्कुटर पाएर उनी थप उत्साहित बने । त्यसपश्चात् परिवार, आफन्त साथीभाइलाई बीमा योजना्बारे धमाधम बुझाउन थाले ।

परिवार, साथीभाई र इष्टमित्रहरुले पनि गौरवले भनेपछि ठिकै होला भन्ने भाव जनाउथे । उनको परिवारको प्रतिष्ठाले पनि उनलाई बीमा गराउन सहज भएको उनी बताँउछन् ।

सुरुका वर्षहरुमा परिवारिक पृष्ठभूमिको कारण पनि नकारात्मक काममा लाग्दैन भन्ने हेतुले आफुले राखेको बीमा प्रस्ताव अधिकाश मान्छेले नाइनास्ती नगरेको उनी सम्झन्छन् ।

बीमा अभिकर्ता भएको पहिलो वर्ष एजेन्सी अवार्ड नाईटबाट शाही सम्मानित भए । जसले जोस थप्यो ।

 

जुन जोसले अहिले उनी जुम्लावासीको शान बनेको छन् । हरेक क्षेत्रमा सफलताको स्वाद चाखेका गौरव शाहीले बीमा अभिकर्ता पेशाबाट नाम र दाम दुबै कमाएका छन् । आज उनी आफनो कर्म भन्दा पनि आफूले विकट क्षेत्रमा बीमा बुझाउन सकेकोमा आफैंमाथि गौरव गर्छन् ।

आर्थिक अवस्था बलियो भएको मान्छे के बीमा गराउँदै हिँडेको पनि मान्छेहरुले नभनेका होइनन् । तर, उनले कुरा सबैको सुुने, सुर आफ्नै कसे । बीमा अभिकर्ता पेशा छोडेनन्, सफल छन् ।

बीमा अभिकर्ता पेशामा लाग्न प्रेरित गराउनेफ फर्शुराम पुडासैनीलाई गौरव आफनो गुरु मान्दछन् । गुरुलाई समेत गौरव अभिकर्ता पेशाबाट पलायन हुन्छ कि भन्ने डर थियो । पुडासैनी पनि निरन्तर सम्पर्कमा रहे । यतिसम्म कि कार्यक्रमको वाहानामा गौरवलाई भेट्न पुडासैनी जुम्लासम्म पुग्थे ।

पुडासैनीले पाँच लाख प्रिमियमको टार्गेट पूरा गरेर स्कुटर उपहार पाएकै दिन गौरवलाई नोटिश गरेका थिए । र, उनले भनेका थिए, ‘इन्स्योरेन्स फिल्डमा तपाई केही गर्न सक्नुहुन्छ, त्यो कुरा मैले अहिले नै देखिँसके ।’ गौरव पनि बीमा अभिकर्तामा निरन्तरता दिइरहनुको मुख्य श्रेय  पुडासैनीलाई नै दिन्छन् ।

उनी भन्छन् ‘अन्य पेशामा समय सीमा हुन्छ, समयले बाधेको हुन्छ र त्यही अनुसार चल्नु पर्ने हुन्छ । तर, अभिकर्ता पेशामा न त समय सीमा हुन्छ न त कुनै परिधिभित्र बाँधिनु पर्छ । बीमा अभिकर्ता पेशा त्यस्तो पेशा हो, जहाँ आम्दानीको सीमा हुँदैन । आफुलाई चाहेजति वा गर्न सकेजति आम्दानी गर्न सकिन्छ ।’

उनलाई लाग्छ, समयको दबावबाट पनि स्वतन्त्र हुन्छ, यो पेशा । बीमा अभिकर्ता पेशा बुझ्नेलाई समुद्र हो, उनी भन्छन्, ‘समुद्रबाट जति घैला पानी झिके पनि रित्तिन्न । त्यस कारण मैले बीमा अभिकर्ता पेशालाई छोडिन ।’ यो पेशाप्रति गौरव निकै सन्तुष्ट छन् । उनी भन्छन् ‘अभिकर्ता बीमा कम्पनी र बीमितबीचको पुल हो ।’

बीमा बुझाउँदाका अफ्ठेराहरुसँग पनि उनी राम्ररी परिचित छन् । र, पनि उनले जुम्ला, कालिकोट जस्तो विकट स्थानमा पाँच लाख रुपैयाँभन्दा तलको बीमा योजना बेचेका छैनन् ।

विकटमा बीमा अनिवार्य गराउन टर्म इन्स्योरेन्स भएपनि गरौँ भन्ने सल्लाह उनी त्यहाँका स्थानीयलाई दिन्छन् । उनी चाहान्छन्, त्यहाँका सबै जनतामा बीमाको सचेतना होस् ।

जुम्ला कालिकोटमा न्यूनतम ५, १५, २० लाख देखि अधिकतम २ करोड रुपैयाँसम्मको बीमा गराएको उनी बताउँछन् ।

 

जुम्लामा अभिकर्ताहरु सजिलै बीमितको घर आँगनसम्म जाने अवस्था नरहेको गौरव बताँउछन् । भौगैलिक विकटता, अनलाइनको समस्या, चाहेको जस्तो संघर्षमय जीवन यापन गरिरहेका कर्णालीवासीको बीमा गराउन प्रेम भाव, स्नेह र सेवाको भाव चाहिने बताँउछन् ।

सुट टाई लगाउनेलाई कर्णालीवासीले चिन्दैनन् । कर्णालीमा बीमा गराउन कर्णालीवासी नै बन्न जरुरी रहेको उनी बताँउछन् । उनी विगत आठ वर्षदेखि कर्णालीवासीको सुटबुट वाला अभिकर्ता हैनन् । उनी त बीमा सेवक बनेर लागिपरेका छन् ।

गौरवलाई ग्राहक सामु पुगेर बीमा बुझाउन समस्या छ, किनकी त्यहाँका स्थानीयलाई प्राइमरी लेभलमा बुझाएरै बीमा गराउनुपर्ने बाध्यता छ । कर्णालीमा बीमा सचेतना नपुग्दा आफूले भोग्नुपरेका पीडादायी अनुभवहरु पनि उनी सुनाउँछन्।

असाध्य कठिनाइका बाबजुद पनि उनी यो पेशामा उत्साहपूर्वक लागिरहेका छन् । बीमाबारे कुरा बुझान सकेकै कारण ८ वर्ष विताइसकेका छन् ।

उनी भन्छन्, ‘बीमा अभिकर्तामा बीमा के हो ? ग्राहकलाई बुझाउन सक्ने सामर्थ कस्तो हुनुपर्छ ? सफल हुन के गर्ने ? भन्ने सम्बन्धित विषयको ज्ञान जरुरी छ । र, जुन कम्पनीको प्रतिनिधित्व गर्ने हो, त्यसको वोनस दर लगायतका अन्य कुराहरु पनि बुझनु जरुरी हुन्छ ।’

यस्ता विविध ज्ञान र गुणहरु एउटा बीमा अभिकर्तामा हुनु पर्ने उनको भनाइ छ । ग्राहक र अभिकर्ताको सम्बन्ध एकछिनको नभई पोलिसि अवधिपछि सम्मको हुनुपर्दछ, उनी भन्छन्, ‘कुनै एक ग्राहकले बीमा कम्पनीलाई होइन अभिकर्तालाई विश्वास गरेको हुन्छ । बीमितले कम्पनी हैन अभिकर्तालाई चिन्छ । त्यसैले बीमा अभिकर्तामा विश्वास दिलाउन सक्ने क्षमता हुनुपर्छ ।’

गौरव आज सूर्यज्योति लाइफको उत्कृष्ट अभिकर्ताका रुपमा परिचित छन् । उनी भन्छन्, ‘बीमा एक जोखिम न्यूनिकरणको पाटो हो, साथसाथै बचत पनि हो । बीमितले बीमा बीमा अभिकर्ताको विश्वासमा गर्ने गर्दछन्, त्यसैले यो परस्परविश्वास पनि हो ।’ उनी बीमाको दायरा बढाउनका लागि विभिन्न सामाजिक कार्यहरुमा पनि संलग्न हुदै आएका छन् ।

बीमा प्राधिकरणको बिना अध्ययनको निर्णयले कर्णालीमा परेको असरबारे उनी भन्छन्, ‘बीमा प्राधिकरणको अनलाइन अभिकर्ता परीक्षाको कारण यहाँ इन्टरनेट र सडक सुविधाको कारण परीक्षा दिन समस्या भइरहेको छ । दक्ष अभिकर्ता उत्पादन गर्न समस्या भइरहेको छ ।’

 

गौरवले बीमा क्षेत्रमा सफल भएदेखि पछाडि फर्केर हेर्नु परेको छैन । उनी बीमा क्षेत्रको महत्त्वपूर्ण पद मिलियन डलर राउन्ड टेवल (एमडीआरडी) हरेक वर्ष घोषित हुन् । जुन अमेरिकाको सर्वोच्च संगठन हो ।

उनी सूर्य ज्योति लाइफको दुई प्रोडक्ट ‘सजिलो भुक्तानी बीमा योजना र सुर्यज्योति सुरक्षित भविष्य जीवन बीमा योजना’को ब्रान्ड एम्बास्डर पनि हुन्

उनी सन् २०२१ देखि निरन्तर ‘एमडीआरडी’ बन्दै आएका छन् । सन् २०२३ मा ग्लोबल कन्फ्रेन्स सिंगापुरमा सहभागी समेत भएका छन् ।

साथै उनले आगामी वर्ष एवं सन् २०२५ को एमडीआरडीको टार्गेट समेत पूरा गरिसकेका छन्।

उनी यसैवर्ष सूर्यज्योति रत्न अवार्डबाट पनि सम्मानित भएका छन् भने कम्पनीले यो वर्षबाट सुरु गरेको सूर्यज्योति ओजस्वी रत्न अवार्डबाट सम्मानित हुने पहिलो अभिकर्ता समेत बनेका छन् । व्यवसायिकता र परिश्रमकै कारण उनी एमडिआरटीको सिओटी पुरस्कारबाट सम्मानित भइसकेका छन्।

One thought on “कर्णालीवासीका लागि बीमाको शान: अभिकर्ता गौरव शाही

  1. Udaya Nath Yogi says:

    Good job. Jumla hunuparne jajarkot bhaeara bich bichmaa lekhiaeko rahechha.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*