धनुषाको ढल्केवरमा खानेपानीको समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले धनुषाको मिथिला नगरपालिकामा देखिएको खानेपानी समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । मिथिला नगरपालिका–७ का वासिन्दा लिलाबहादुर बस्नेतले आज (मंगलबार) भैंसेपाटीस्थित् मन्त्रीक्वार्टरमा भेटेर मन्त्री यादवसँग खानेपानीको उचित प्रवन्धको लागि आग्रह गरेका थिए ।
यस्तै, बस्नेतले मिथिला नगरपालिका वडा नम्बर ७ मा वर्षायामको समयमा खानेपानीको पाईप बगाएकोले तत्काल जिआई पाईप उपलब्ध गराईदिन गरेको आग्रहपछि मन्त्री यादवले यस्तो प्रतिबद्धता जनाएका हुन् ।सो क्रममा मन्त्री यादवले तत्काल जिआई पाईप जडान गरिदिन सम्बन्धित निकायका प्रमुखलाई फोनमार्फत निर्देशन दिएका छन् ।
मिथिला सागर खानेपानी सरसफाई उपभोक्ता समितिले खानेपानीको समस्या समाधानको लागि सरोकारवाला निकायकहाँ झकझकाउने काम गरिरहेको छ । ओरही वसही खोलाले वर्षेनी खानेपानीको पाईप बगाउँदा सो क्षेत्रमा पिउने पानीको समस्या विकराल बनेको छ ।