एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर संशोधन, अब ६२.५६ प्रतिशत जारी गर्ने

२५ भाद्र २०८१, मंगलवार ११:०५

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२.५६ प्रतिशत हकप्रद शेयर जारि गर्ने भएको छ । कम्पनीले यसअघि जारी गर्ने भनिएको ६६ प्रतिशत हकप्रदलाई संशोधन गर्दै यस ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने जनाएको हो ।

कम्पनीलेको १८औं वार्षिक साधारणसभाबाट पारित गरेको ५.५० प्रतिशत लाभांश वितरण गर्दा चुक्तापूँजी १ अर्ब ५३ लाख ९५ हजार रुपैयाँ पुगेको छ । कम्पनीले हाल कायम पुँजीमा ६२.५६ प्रतिशत हकप्रद जारी गर्दा न्यूनतम चुक्ता पुँजी बिमा प्राधिकरणले तोकेअनुसार २ अर्ब ५० करोड पुग्ने हुँदा यस अघि घोषणा गरेको हकप्रदको दर घटाएको हो ।

अब संशोधन गरिएको हकप्रद प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरे पश्चात कम्पनीको साधारण सभाले पारित गर्नुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*