गोर्खाज फाइनान्सका सीइओ सन्तोष घिमिरेले दिए राजीनामा
२५ भाद्र २०८१, मंगलवार १०:४९
काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष कुमार घिमिरेले राजीनामा दिएका छन् । उनले राजीनामा दिनुको कारण भने खुलाइएको छैन ।
घिमिरेको राजीनामा भदौ २४ गते बसेको संचालक समितिको बैठकले असोज २२ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।