प्राइम कमर्सियल बैंकको शेयर बिक्रीमा

२५ भाद्र २०८१, मंगलवार ०७:३६

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले हाल संस्थापक शेयरधनीहरूले नै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । तर ३५ दिनभित्र संस्थापकहरूले सो शेयर नकिनेको खण्डमा भने सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । बैंकले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन् ।

सो शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ । साथै बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका सम्बन्धमा पनि कम्पनी सचिवबाटै जानकारी लिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*