सानिमा क्यापिटलका ३ म्युचुअल फन्डहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२५ भाद्र २०८१, मंगलवार ०७:१८
काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ म्युचुअल फन्डहरू सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको लाभांश सुरक्षित गर्ने आज (भदौ २५) अन्तिम दिन हो ।
यी फन्डहरूले नगद लाभांश वितरण प्रयोजनार्थ भोली (भदौ २६) बुधबार बुक क्लोज गर्दैछन् । बुक क्लोजका आधारमा आजसम्म कायम इकाईधनीहरूले मात्रै लाभांश पाउनेछन् ।
सानिमा इक्विटी फन्डले कर सहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डले कर सहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डले कर सहित १० प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्नेछन् ।