सन नेपाल लाइफको बागमती प्रदेशमा महिला नेतृत्व, लोकमाया अधिकारी बनिन् प्रदेश प्रमुख
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बागमती प्रदेशले महिला नेतृत्व पाएको छ । कम्पनीले बीमा क्षेत्रमा दुई दशक अनुभव बटुलेकी लोकमाया अधिकारी बागमती प्रदेशको नेतृत्व सूम्पिएको हो ।
बागमती प्रदेशको जिम्मेवारी पाएकी लोकमायाले कम्पनीले आफुलाई विश्वास गरी दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्ने उद्देश्य रहेको बताएकी छिन् । उनले भनिन्, ‘बीमा क्षेत्रमा रहेका सयौ समस्यालाई निराकण गर्ने, बीमितलाई गूणस्तरीय सेवा दिने र आउँदो दिनमा विश्व बजारस्तरीय बीमा सेवा प्रदान गर्ने छु।’
बीमा क्षेत्रमा उर्जावान तथा क्षमतावान कर्मचारीको परिचय बनाएकी लोकमायासँग यस अघि सिटिजन लाइफ इन्स्योरेन्स र मेट लाइफमा समेत लामो समय काम गरेको अनुभव छ । उनले उक्त कम्पनीहरुमा सात–सात वर्ष काम गरेर आफ्नो फरक परिचय समेत बनाएकी थिइन् ।
बीमा क्षेत्रमा दुई दशकको अनुभव बटुलेकी लोकमाया अधिकारीले बागमती क्षेत्रका शाखा कार्यालयको कार्यक्षमतामा बढाउँने, अभिकर्ताहरुलाई प्रोत्साहन गर्ने र बीमितहरुलाई अझै सहज तरिकाले सेवा प्रदान गर्ने सन्दर्भमा कम्पनीले विश्वास व्यक्त गरेको छ ।