नेपाल बीमा प्राधिकरणको संचालकमा मदन दाहाल नियुक्त
२४ भाद्र २०८१, सोमबार १६:३४
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको संचालकमा मदन दाहाल नियुक्त भएका छन्।
अर्थमन्त्रालयबाट प्रतिनिधि गर्दै मदन दाहाल बीमा प्राधिकरणको संचालकमा नियुक्त भएका हुन् ।
नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाको पत्रअनुसार दाहालले अर्थमन्त्रालयको तर्फबाट संचालक समितिको निर्णय अनुसार दाहाल प्राधिकरणमा नियुक्त भएका हुन् ।
यसअघि बीमा प्राधिकरणमा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्रालयका वित्तिय क्षेत्र व्यवस्थापन तथा सहकार्य समन्वय समितिका नारायण रिसालको संचालक समितिका सदस्य थिए ।
उनले बीमा प्राधिकरणमा चार महिनादेखि निरन्तर नियमित बैठक बहिष्कार गर्दै आएका थिए । उनको उपस्थिती बिना नै प्राधिकरणले बहुमतको आधार देखाउदै निर्णयहरु पारित गर्दै आएका थिए ।