हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य उच्च वृद्धि, अन्य कुनको कति अंकले बढ्यो ?

२४ भाद्र २०८१, सोमबार १५:२७

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६४२.९१ को बिन्दुमा कायम भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमध्ये २२ वटाको मात्र शेयरमूल्य वृद्धि भएको छ । सोमबार हाथवे इन्भेष्टमेन्टको ८.९८ प्रतिशत, नेपाल वेयरहाउँसिङ कम्पनीको ७.५९ प्रतिशत, इमर्जीङ नेपालको ६ प्रतिशतले शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ ।

शेयर बजारमा पछिल्लो समय दैनिक रुपले गिरावट आएको छ । शेयर बजार घटेसँगै विभिन्न कम्पनीमा लगानी गरेका नयाँ लगानीकर्ताहरु डुब्दै गएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*