५५ अंकले घटेर २६ सयको विन्दुमा नेप्से, सबै उपसूचक राताम्य

२४ भाद्र २०८१, सोमबार १५:१०

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ५५.५६ अंकले घटेर २६४६.९१ को बिन्दुमा कायम भएको छ ।

सोमबार ३२७ वटा कम्पनीको दुई करोड नौ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री हुदाँ नौ अर्ब ३६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सबै उपसूचकहरु राताम्य बन्न पुगेका छन् । यो सँगै सबै क्षेत्रका लगाानीकर्ताहरुले ठुलो रकम गुमाएका छन् । माफियाले चलाएको शेयर बजारमा लहलहैमा आएका नयाँ लगानीकर्ताहरु झन् पीडामा परेका छन् ।

शेयर बजारमा पछिल्लो समय दैनिक रुपले गिरावट आएको छ । शेयर बजार घटेसँगै विभिन्न कम्पनीमा लगानी गरेका नयाँ लगानीकर्ताहरु डुब्दै गएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*