कोरोना बीमाको दाबीको रकमसम्बन्धी मुद्दाको पेशी मुसलमानको एकल इजलासमा

२४ भाद्र २०८१, सोमबार १२:२८

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी गर्न माग गर्दै नेपाल बीमक संघ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा परेको छ ।

हिजो संघले सर्वोच्च अदालतमा सम्झौता गरे अनुसार कोरोना बिमाको दाबी भुक्तानी नगरेको भन्दै सरकारलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेको थियो ।

कोरोना बीमा गर्नेको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । रिटमा उक्त रकम उपलब्ध गराउन सरकारलाई आदेश दिन माग गरिएको छ ।नेपाल बीमक संघको तर्फबाट महासचिव अशोक कुमार खड्का समेत जना १३ जनाले रिट निवेदन दायर गरेका थिए ।

संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बीमा प्राधिकरणलाई विपक्षी बनाएको छ । पेशी आज १० नम्बरमा परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*