कोरोनापछि बीमा क्षेत्रमा उदाएकी भगवती, सिटिजन लाइफमा उत्कृष्ट बन्ने लक्ष्य
काठमाडौं । भनिन्छ, मानिसको जीवन संघर्षकै एक पर्याय हो । कहिल्यै कठिन त, कहिले अलिक सरल । समयको सुईले अनगिन्ति घुम्तीहरुसँग साक्षात्कार गराउँछ । त्यस्तै अनेकौँ घुम्तीसँग साक्षात्कार गर्दै सफल बीमा अभिकर्ताको परिचय बनाएकी सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर भगवती रावलले जीवनलाई सुरक्षित यात्रातर्फ डोर्याएकी छन् ।
अब फेरि ती अफ्ठ्याराहरुको सायदै सामना गर्नु पर्नेछ, उनले । अब उनको साथमा छ, सिटिजन लाइफ । २०७८ सालदेखि निरन्तर रुपमा बीमा व्यवसायमा तल्लिन उनी सफलताको एक उदाहरण बनेकी छन् ।
सुदूरपश्चिमको अछाम जिल्लामा जन्मेर काठमाडौंलाई कर्मथलो बनाएकी उनी सिटिजन लाइफको बानेश्वर शाखा कार्यलयबाट बीमा व्यवसायमा सक्रिय छिन् ।
अछाम जिल्लाको बान्नीगडीजैगड गाउँपालिका–५ मा जन्मिएकी रावलले निरन्तर मिहिनेत र संघर्ष गर्दै २०६६ सालमा स्नातक तह उत्तिर्ण गरिन् । अछाम बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेकी उनले सुदूरपश्चिमको बिकट समुदायलाई शिक्षाको महत्व र आवश्यकता समेत बुझाएर असल छोरी र जिम्मेवार आमा बनिन् ।
२०६८ सालमा सपनाको शहर काठमाडौं प्रवेश गरेकी रावलले आफ्नै व्यूटी पार्लर सञ्चालन गरेकी थिइन् ।कुशल व्यवहार भएकी रावल व्यूटीपार्लरबाट पनि राम्रै आम्दानी गरिरहेकी थिईन् ।
घर परिवार र श्रीमानको साथ पाएकी उनको व्यवासय राम्रै चलिरहेको थियो । तर, कोरोना महामारीले व्यवसाय बन्द भएपछि उनको अफ्ठ्याराको सहयात्री बन्न पुग्यो, बीमा व्यवसाय ।
कोराना महामारीले कतिपयलाई परिवारविहिन मात्रै बनाएन, घरबारविहीन समेत बनायो । विश्वव्यापी कोरोना कहरले कयौँको जीवन कथा नै फेरियो । तर, त्यही कोरोना महामारीका कारण संघर्षको अध्यायले कोल्टे फेर्दा सुरक्षित यात्राको उडान भर्न सफल भएकाहरुमध्ये एक हुन्, सिटिजन लाइफकी अभिकर्ता भगवती रावल ।
कोरोना महामारीबाट सिर्जित चुनौतिलाई चिर्दै अफ्ठ्यारालाई अवसरमा बदल्न अभिकर्ता रावलले आफ्नो कार्य क्षमता मात्रै बढाईनन्, कर्म कुसलतालाई आफ्नो दैनिकी बनाईन् । जसकारण उनले सिटिजन लाइफमा जोडिएर सफल बीमा अभिकर्ताको परिचय बनाईन् ।
काठमाडौं छिर्दा र त्यसपछिका कयौं महिना खुलेर आफ्नो नामसमेत भन्न हच्किने उनी उनी अभिकर्ता पेशाले आफ्नो जीवनमा कायापलट नै ल्याएको बताउँछिन् । उनी भन्छिन्, ‘कोरोना कहरको त्यो प्रहारले नै सिटिजन लाइफसँग जोडिने अवसर जुर्यो । अहिले आएर अभिकर्ता पेशा नै मेरो लागि फलिफाप सावित भयो ।’
आफ्नो साथी मुना कुमारी कडेलको सल्लाह र हौसलाबाट २०७८ सालमा सिटिजन लाइफ इन्स्योरेन्सबाट बीमा अभिकर्ताको लाइसेन्स लिएकी उनी कैयौं बाधा व्यवधानलाई पन्छाएर अभिकर्ता पेशामा आवद्ध भएकी हुन् । कोरोना महामारीले थला पारेको पार्लर सञ्चालन गर्न नसकिरहेका बेला मोटिभेशनल कुरा सुन्दै र आफन्तहरुको सल्लाह लिएर उनी अभिकर्ता पेशामा होमिएको बताउँछिन् ।
उनी भन्छिन्, ‘जीवनमा पैसा नै सबथोक होइन रहेनछ । कुनै कार्यको थालनी ग¥यौं भने त्यो कामबाट सन्तुष्ट मिल्नु नै सबैभन्दा ठूलो कुरा रहेछ । जुन मलाई अभिकर्ता पेशाले अनुभूत गराएको छ ।’
सुदूरपश्चिमको अछाममा जन्मिएर हजारौं बाधा अड्चनलाई पार गरी संघीय राजधानी छिरेकी उनले विगत चार वर्षदेखि काठमाडौंलाई कर्मथलो बनाएकी छन् । बीमा सम्बन्धि भरपूर अध्ययन गरेर अभिकर्ता प्रवेश गरेकी उनी नागरिकहरुलाई सहज र उनीहरुको आर्थिक अवस्था बुझेर बीमा पोलिसी बिक्री गर्ने गरेको बताउँछिन् ।
बीमा व्यवसायमा प्रवेश गरेको छोटो समय मै लगातार तीन पटकसम्म विभिन्न क्लबमा समेत क्वालिफायर्ड भएकी रावलले आफुलाई प्रोफेशनल अभिकर्ताको रुपमा स्थापित गरेकी छिन् । उनी अगाडि भन्छन्, ‘बजारमा हजारौं अभिकर्ताहरु सक्रिय छन् । आम नागरिकले पार्ट टाईम अभिकर्ताहरुसँग बीमा गराउँदा दुःख पाएको गुनासोहरु सुनेको छुँ । हामी हरेक मानिसले बीमा गर्नुभन्दा पहिले असल र इमान्दार अभिकर्ता छानेर मात्र बीमा गर्नु राम्रो हुन्छ ।’
सिटिजन लाइफको नयाँ बानेश्वर शाखामाआवद्ध भएर उनले वार्षिक ५० देखि ६० जनाको बीमा गर्दै जोखिम हस्तान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैै आएकी छन् । नागरिकलाई बीमा गराउँदा कहिल्यै पनि गलत तरिका र प्रलोभन देखाउनु भनेको अभिकर्ता पेशाप्रतिको गद्दारी भएको उनको बुझाई छ ।
जीवन बीमा नगरुन्जेल अभिकर्ताको लागि र गरिसकेपछि बीमितको लागि हो भन्ने उनको धारणा रहेको छ । उनले भनिन्, ‘बीमाको कुरा लिएर जादाँ हाम्रो लागी जस्तो गरेर गरेको जस्तो गर्छन् । कुनै दिन जीवनमा आउने आर्थिक संकटलाई निम्त्याउँने दुर्घटना हुदाँ, त्यही सुविधा लिएर उहाँहरुको घरदैलोमा जान पाउँदा आफुलाई एकदम गर्व महशुस गर्ने दिन आउँछ । अनी बल्ल थाहाँ हुन्छ म कति राम्रो पेशामा छु भनेर ।’
‘बीमा त्यस्तो चिज हो, पैसा हुदाँ भन्दा नि नहुदाँ चाही गर्ने हो । हामिले जति पनि बीमाको कुरा गर्दा पाउँने उत्तर भनेको मेरो घरमा ऋण छ । अहिले बीमा गर्न सकिदैन् । भौतिक सम्पति जोड्न हामी लाखौ रुपैयाँ ऋण लिन्छौ तर, त्यही सम्पतिको जिम्मेवार व्यक्तिको जीवन सुरक्षाको लागि ५० हजार रुपैयाँ ऋण लिनसक्ने आट गर्दैनौ, भोलि हामीलाई केही हुदाँ त्यो ऋणको बोझ कसलाई हुन्छ भन्ने पनि सोच्दैनौं।’ उनले सुनाइन् ।
प्राण नै नभएको गाडी मोटरहरुको अनिवार्य बीमा र ग्यारेन्टी नै नभएको जीवनको बीमा गरी रक्षावरण गर्दा समेत अभिकर्ता पेशाप्रति गलत धारणा राखिएको पाउँदा दुःख लाग्ने गरेको बताउँछिन्, रावल । उनले भनिन्, ‘बीमा सम्बन्धि जनचेतनाको कमी र केही गलत मनसाय भएका अभिकर्ताहरुको कारणले गर्दा हामी जस्ता व्यवसायिक एवं प्रोफेशनल अभिकर्ताहरुले पनि दुःख झेल्नु परेको छ ।’
बीमा व्यवसायलाई नाफाको रुपले भन्दा पनि सेवाभावले हेर्न आवश्यक रहेको उनी बताउँछिन् । ‘बीमा अभिकर्ता पेशाले मलाई नाम, दाम मात्रै होइन । शानसहितको सन्तुष्टि दिएको छ ।’
बीमाप्रति समाजमा व्याप्त गलत धारणाहरुलाई चिर्दै नागरिकलाई बीमाको दायरामा ल्याई जीवन रक्षावरण गर्न पाउँदा आफुलाई सौभाग्यशाली ठानेको उनको भनाइ छ ।
अभिकर्ता लाइसेन्स लिएर सबैभन्दा पहिले आफ्नै बीमा गरेको अनुभव सुनाउँदै उनले भनिन्, ‘बजारमा सर्वसाधारणलाई बीमा गराउँन जाँदा आफ्नै बीमा नगरी जाँदा कसरी कुरा बुझाउन सकिएला भन्ने सोंचेर पहिलै आफ्नै बीमा गराएँ ।’
सर्वसाधारण मानिसहरुको बीमा गर्दा हुने कमाइलाई उनले कहिल्यै पनि प्राथमिकता नदिएको बरु समाजसेवाको भवनाले हेर्ने गरेको रावल बताउँछिन् । उनले भनिन्, ‘मलाई पैसा र कमाई भन्दा पनि नागरिकको बीमा गरी उहाँहरुको जीवनको रक्षावरण गर्न पाउँदा निकै सन्तुष्टि महसुस गर्छु ।’
सुरु-सुरुमा काठमाडौंको शिक्षित समाजमा बसोवास गर्ने मानिसकहाँ बीमालेख लिएर जाँदा कमिशन र पैसा कमाउनको लागि बीमा गराउन आएकी भन्दै कुरा काट्ने प्रवृति थियो, उनुभव सुनाउँदै उनी भन्छिन्, ‘त्यतिबेला मलाई निकै तीतो अनुभूत भएको थियो । तर, अहिले समाजले बीमाको महत्व बुझ्दै गएकाले सहज भएको छ ।’
नागरिकमाझ बीमा पोलिसीबारे विस्तृृत जानकारी दिँदा अधिकांशले बुझ्ने गरेको भए पनि बीमा गर्न चाहीँ आनाकानी नै गरेको उनी बताउँछिन् । तर, बीमा गर्ने इच्छा प्रकट गरेका मानिसहरुले पैसाको जोहो नै गर्न नसक्ने समस्याले आफूलाई खल्लो लाग्ने गरेको अनुभव उनले सुनाईन् ।
नागरिकले बीमा गर्दा कुन सही र कुन गलत छुट्याउन सके राम्रो हुन्छ । ‘प्रोफेशनल अभिकर्ताहरुले नागरिकहरुलाई कहिल्यै पनि जबर्जस्ती बीमा गर्न लगाउँदैनन्, उनले अगाडि भनिन्, ‘जिम्मेवार अभिकर्ताले आफ्नो व्यक्तिगत फाइदाका लागि विभिन्न छुट तथा उपहार लगायतका प्रलोभन देखाएर बीमा गराउँदैन ।’
बीमाबारे राम्ररी बुझाउन सक्ने क्षमता भएका, लोभ लालच नभएका र स्पस्ट विचार भएका व्यवसायिक अभिकर्तासँग बीमा गर्न रावल सल्लाह दिन्छिन् ।
बिशेष गरि बिमा अभिकर्ता पछिल्लो समयमा गैरब्यबसायिक रुपमा लागियको छ र त्यसमा हामिले ब्यबसायिक रुपले दिगो रुपमा अभिकर्ता को छबि बनाउदै जाने हो भने निकट भबिष्यमा बिमाको अबस्था बारे अरुको नजर राम्रो हुदै जान्थ्यो।।