अभिकर्ताको इन्सेन्टिभ रकममा बीमा प्राधिकरणले किन गर्यो कडाई ?

२४ भाद्र २०८१, सोमबार १२:४१

काठमाडौं । बीमा अभिकर्ताहरुले जीवन बीमा कम्पनीबाट पाउने इन्सेन्टिभ रकम प्रत्येक महिनाको २८ गते भित्र नै तोकिएको टार्गेट पूरा गर्नुपर्ने भएको छ ।

नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई परिपत्र जारी गर्दै अभिकर्ताहरुको लागि यस्तो निर्देशन दिएको छ। बीमा कम्पनीहरुमा इन्सेन्टिभ पाउन मासिक, त्रैमासिक तथा वार्षिक रुपमा विभिन्न लक्ष्य पनि तोकिएको हुन्छ । त्यो पुरा गरेमा अभिकर्ताले कम्पनीबाट तोकिएअनुसार थप सुविधा पाउनेछन् ।

बीमा प्राधिकरणले अन्तिम कारोबारको दिन टार्गेट मिट गर्ने होडबाजीको कारण बीमा क्षेत्रमा देखिएका समस्याको कारण बीमा प्राधिकरणले अन्तिम दिनमा हुने होडबाजीको अन्त्य गर्न यस्तो निर्णय गरेको हो ।

जीवन बीमा कम्पनीले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ लगायतका सुविधाको कट अफ डेट आवधिक वित्तीय विवरण पेश गर्ने मितिसँग मिल्न गएको हुनाले सो समयमै वित्तीय विवरण तयार गर्न र बीमा कारोबारको डे इन्ड (दैनिक कारोबार बन्द) गर्ने प्राधिकरणको निर्देशन लागू गर्न समेत कठिनाई उत्पन्न भएको हुनाले जीवन बीमकहरूको ‘जीवन बीमा अभिकर्ताको लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गते भित्र पुरा गरिसक्नु पर्ने गरी तोक्ने,’ निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

२८ गते पछि बिक्री हुने पोलिसी भने अर्को महिनाको टारगेटमा समावेश गर्न सकिने प्राधिकरणको निर्देशन छ । ‘२८ गते पश्चात गरिने बीमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश गर्नु पर्ने’ परिपत्रमा भनिएको छ ।

त्यस्तै, कम्पनीलाई त्रैमासको अन्तिम दिन नयाँ बीमालेख स्वीकृत नगर्न पनि निर्देशन दिइएको छ ।

‘प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकृत नगर्ने । तर, उक्त दिनको अघिल्लो दिनसम्म स्वीकृत भएका प्रस्तावहरूको लागि बीमालेख जारी गर्न सकिने’ परिपत्रमा भनिएको छ । तर, यो नीतिले ग्राहकहरुले इच्छाएको समयमा बीमा गर्न नपाउने समस्या आउने देखिन्छ ।

यसले जोखिम रक्षावरणमा समेत समस्या खडा गर्ने सम्भावना देखिन्छ । जीवन बीमा कम्पनीले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ लगायतका सुविधाको कट अफ डेट आवधिक वित्तीय विवरण पेश गर्ने मितिसँग मिल्न गएको हुनाले यस्तो व्यवस्था गरिएको प्राधिकरणको भनाइ छ ।

‘जीवन बीमा कम्पनीले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ लगायतका सुविधाको कट अफ डेट आवधिक वित्तीय विवरण पेश गर्ने मितिसँग मिल्न गएको हुनाले सो समयमै वित्तीय विवरण तयार गर्न र बीमा कारोबारको डे इन्ड (दैनिक कारोबार बन्द) गर्ने प्राधिकरणको निर्देशन लागू गर्न समेत कठिनाई उत्पन्न भएको हुनाले जीवन बीमकहरूको बीमालेख जारी सम्बन्धमा यस्तो व्यवस्था गरिएको हो’ परिपत्रमा भनिएको छ ।

One thought on “अभिकर्ताको इन्सेन्टिभ रकममा बीमा प्राधिकरणले किन गर्यो कडाई ?

  1. Dhiraj kumar Agrawal says:

    कहि न भएको जात्रा….

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*