एनआइसी एशिया बैंकले ल्यायो एआई च्याटबोट ‘साथी’, ग्राहक र बैंकको समय र लागत बचत गर्न विश्वास

२४ भाद्र २०८१, सोमबार १२:३६

काठमाडौँ । एनआइसी एशिया बैंकले एआई च्याटबोट ‘साथी’ सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै च्याटबोट साथी प्रस्तुत गरेको हो । यो आधुनिक च्याटबोटले बैंकिंग सेवामा नयाँ युगको शुरुवात गर्दै ग्राहकहरूको सञ्जालमा २४/७ सुलभता र सटीकता ल्याउने लक्ष्य राखेको छ।

बैंकले सार्वजनिक गरेको च्याटबोट मार्फत ग्राहक र बैंकको समय र लागत बचत गर्न मद्दत गर्ने छ । यसका साथै, च्याटबोटको सहज इन्टरफेस र भाषिक विकल्पले बैंकिंग सेवामा सहजता र पहुँच बनाउने समेत ठुलो सहयोग गर्नेछ ।

साथी च्याटबोटले ग्राहकहरूको सोधपुछलाई तुरुन्तै सम्बोधन गर्न सक्नेछन् । खाता विवरण, लेनदेन स्थिति वा सामान्य बैंकिंग सेवाबारे च्याटबोटले जानकारी दिन्छ । उक्त च्याटबोटले ग्राहकलाई बैंकका विभिन्न डिजिटल सेवाहरू (खाता सिर्जना, लोन आवेदन र कस्टमर सपोर्ट) को प्रयोगमा सहयोग सहयोग गर्ने छ ।

साथीले बैंकिंगका सामान्य प्रश्नहरूको उत्तर स्वचालित रूपमा दिन सक्छ जसले गर्दा ग्राहकलाई छिटो र सटीक जानकारी प्राप्त हुन सक्ने बैंकले जनाएको छ । च्याटबोटले नेपाली र अंग्रेजी भाषामा जानकारी दिने भएका कारण सबै ग्राहकलाई सहज हुनेछ ।

च्याटबोटले ग्राहकका व्यक्तिगत र वित्तीय जानकारीलाई सुरक्षित राख्न उच्च सुरक्षा प्रोटोकल प्रयोग गर्ने गर्दछ । ग्राहक सेवामा उक्त च्याटबोटले एक नयाँ स्तरमा पुगाउनुका साथै आवश्यकता र सुविधा अनुरूप उच्चस्तरीय सेवा प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

साथी च्याटबोटलाई एनआइसी एशिया बैंकको आधिकारिक वेबसाइट र मोबाइल एप्लिकेसन मार्फत प्रयोग गर्न सकिन्छ ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*