आत्तिए शेयर लगानीकर्ता, माफिया एक्जिट हुँदा लो क्यापमा लगानी गर्नेहरु डुबे

२४ भाद्र २०८१, सोमबार ११:३४

काठमाडौँ । पछिल्ला केहि दिन यता शेयर बजारमा आइरहेको गिरावटले लगानीकर्ता आत्तिएका छन् । अरुको लहलहैमा लागेर लगानी गर्दा मटो रकम जोखिममा परेको हो ।

केहि सीमित माफियाको इसारमा नाच्दा लो क्याप कम्पनीहरूमा लगानी गर्नेहरुको लगानी डुबेको छ । शेयर बजार ३२ सय पुग्छ भनेर नवप्रवेशी लगानीकर्तालाई शेयर किन्न लगाएर माफिया एक्जिट हुँदा स–साना लगानीकर्ताको लगानी बालुवामा पानी जस्तै भएको छ । परिसूचक ३ हजार हुँदा शेयर खरिद गर्ने लगानीकर्ता हैरानीमा रहेका छन् ।

समाजिक सञ्जालमा शेयर मुल्य अस्वभाविक वृद्धि भएको बारे प्रश्न गर्दा समेत नकारात्मक कुरा गर्ने लगानीकर्ता अहिले भने चिन्तित छन् । बजारमा ठुला लगानीकर्ता एक्जिट भइसकेको हुँदा अब उनीहरु प्रवेश नभएसम्म बजार ओरालो लागि रहने आंकलन भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म अर्थात् ११ः३१ बजेसम्म शेयर बजार १८.९७ अकंले घटेर २६८३ बिन्दुमा कायम भएको छ । योसमयसम्मा ८५ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*